ताजा समाचार

डाक्टरमाथि मन्त्री पण्डित आक्रोशित- चित्त नबुझे राजीनामा दिए हुन्छ, नयाँ भर्ना गर्छु

काठमाडाैं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले चिकित्सक समायोजनमा जान नचाहेकै हो भने राजीनामा दिएर गएमा नयाँ चिकित्सक भर्ना गर्ने चेतावनी दिएका छन् ।

संविधान मान्दैन भन्न मिल्छ ? भन्दै मन्त्री पण्डितले भने, संविधानले दिएको अधिकार प्रयोग गरेर कर्मचारीको ईच्छा, प्राथमिकता, जेष्ठता, कार्यसम्पादन उमेरदेखि स्थायी बसोबासलाई आधार मानेर पदीय अनुसारले स्थानीय, प्रदेश र संघ तीनै ठाउँमा समायोजन गरेको कुरालाई मान्दैन भनेर आन्दोलन गर्नुको विकल्प छैन् ।

आन्दोलनको नाममा चिकित्सकले गरेको आन्दोलनको तुक छैन् । एक टेलिभिजन कार्यक्रममा अन्तरबार्ता दिदै मन्त्री पण्डितले भने, सरकारको आदेश नमानेर आन्दोलन गर्दै सेवा नदिने डाक्टरहरुलाई उनले राजिनामा दिन सुझाव दिएका छन् । ‘डाक्टरहरु काम गर्न तयार हुँदैनन भने कस्ले रोकेको छ ? राजिनामा दिए भै हाल्छ ।’ उनले भने, ‘दुर्गममा पद राखेर, साइनबर्ड झुण्डाएर काठमाण्डौँमा बसेर निजी क्लिनिक खोलेर काम गरेझैँ गर्न दिन्न । यदि दुर्गममा जानुहुन्न भने दुर्गममा डाक्टरको पद खाली भयो भने आवश्यक परे नयाँ डाक्टर भर्ना गरेरै भएपनि त्यो क्षेत्रमा हामी कर्मचारी पठाउँछौँ ।’

यसैबीच, स्वास्थ्यमन्त्री उपेन्द्र यादवले डाक्टरहरु संघीयता विरुद्ध लागेको आरोप लगाएका छन् । डाक्टरहरुले भने अहिले आन्दोलनमा १४ सय डाक्टर मात्र रहेको र माग पूरा नभए २२ हजार नर्स र अहेब पनि आउने चेतावनी दिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org