ताजा समाचार

उर्जामन्त्री पुनद्वारा हजार कित्ता सेयर किन्ने घोषणा

काठमाडौं । उर्जा, जलस्रोत तथा सिचाईं मन्त्री वर्षमान पुनले जनताको जलविद्युत् कार्यक्रम अन्तरगत रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीको एक हजार कित्ताका लागि आवेदन दिने घोषणा गरेका छन् ।

जनताको जलविद्युत कार्यक्रममा परेको रसुवागढी र साञ्जेन जनविद्युत कम्पनीको साधारण सेयर निष्काशनबाारे जानकारी दिन मन्त्रलयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पुनले यस्तो बताएका हुन् ।

मंगलबार नै दुबै आयोजनाले एकैपटक सार्वजनिक सूचना जारी गरेर सर्वसाधारणबाट सेयर आवेदन माग गरेका छन् । दुबै आयोजनाले यही बैशाख ६ गतेदेखि शेयरको बिक्री खुला गर्ने छन् । छिटोमा १० गते र ढिलोमा जेठ ५ गतेसम्मलाई शेयर बिक्री हुने गरी उल्लेख छ ।

सान्जेन जलविद्युतमा माथिल्लो साञ्जेन १४.८ मेगावाट र साञ्जेन जलविद्युत् आयोजना ४२.५ मेगावाट रहेको छ । यो जलविद्युत् आयोजनाले न्युनतम ५० कित्ता र अधिकतम २ हजार कित्ताको लागि आवेदन माग गरेको छ । दरखास्तका साथ प्रति शेयर एक सय रुपैयाँका दरले पैसा बुझाउनुपर्ने छ ।

यस्तै, रसुवागढी पनि एक सय रुपैयाँकै शेयरलाई न्युनतम ५० देखि अधिकतम ५ हजार कित्तासम्मको निम्ति आवेदन मागेको छ । यो जलविद्युत् आयोजनको ६ अर्ब ८४ करोड पुँजीमध्ये १५ प्रतिशतको दरले १ करोड २ लाख ६३ हजार १५० कित्ताको शेयर निष्कासन गरेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org