ताजा समाचार

प्रहरीले ताला फुटाएपछि वीर अस्पतालको आगनमै डाक्टरले थाले बिरामी जाच्न

काठमाडाैं । समायोजनमा जान्नाै भन्दै आन्दोलनमा उत्रिएका चिकित्सहरुले अस्पतालको प्राङगनमा बिरामी जाँच्न थालेका छन् ।

केहिदिन देखि डाक्टरहरुले  बिरामी नजाँच्ने भन्दै ओपीडी सेवा बन्द गराएका थिए । तर, सरकारले विज्ञप्ति निकाल्दै काममा नफर्किए कारबाही हुने भनेपनि डाक्टरहरु काममा फर्किएका थिएनन् । आज बिहान प्रशासनले प्रहरीको सहयोगमा ताला फोडेपछि वीर अस्पतालमा बिरामीमा आशा पलाएको छ ।

तर, अस्पताल प्रशासनले ओपीडी टिकट बाँडेपछि डाक्टरहरुले अस्पतालको बाहिर चेक जाँच गरेका हुन् । वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले बिहीबार ओपीडीको टिकट काटिएको र डाक्टरहरुले आफ्नो कार्यकक्षभन्दा बाहिर बिरामी जाँचिरहेको बताए ।

उनका अनुसार डाक्टरहरुले अस्पतालको आँगनमा बिरामी जाँच्न थाले पनि अत्यावश्यक बाहेकका अपरेसनको काम भने गरेका छैनन् । यसबाट अपरेसनको डेट लिएर भर्ना भएका बिरामीहरुको कहिले अपरेसन हुने भन्ने ठेगान छैन।

तर, सरकारले वार्ताको आैचित्य नभएको जनाइसकेको छ । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले वार्ताको आवश्यकता नभएको भन्दै चिकित्सकलाई नियमित काममा फर्कन आग्रह गर्दै काममा नफर्किने भए राजीनामा गर्न समेत चेतावनी दिएका थिए । राजीनामा दिएपछि नयाँ भर्ना गरेर देखाउने समेत मन्त्री पण्डितले दाबी गरेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org