ताजा समाचार

अनमोल र सलिनमानबीच भिडन्त, कसले मार्ला बाजी ?

काठमाडाैं । नेपाली सिनेमा घरमा दुई युवा स्टारबीच भिडन्त हुने भएको छ ।

आज शुक्रबार अर्थात चैत्र २९ गतेबाट दुई नेपाली चलचित्र ‘ए मेरो हजुर -३’ र ‘यात्रा’ मार्फत अनमोल केसी र सलिनमान बानियाबीच भिडन्त हुन लागेको हो। यस बर्षकै प्रतिक्षित मानिएको चलचित्र ‘ए मेरो हजुर -३’लाई निर्देशक झरना थापाले निर्देशन गरेकी हुन् भने यात्रालाई डेब्यु निर्देशक सम्राट शाक्यले निर्देशन गरेका हुन् ।

सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण गरिएको यस चलचित्रमा अनमोल र सुहानाका अलवा अपर्ण थापा, सलोन बस्नेत, रविन्द्र झा, सरोज खनाल, विशाल पहाडी, रेयर राई, रुपा घिसिङ, रक्षा गौतमलगायतका कलाकारको अभिनय रहेको छ ।

कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड , क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको चलचित्र यात्रामा सलिनमान बनियाँका अलवा डेब्यु गर्ल मलिका महत, सलोन बस्नेत, प्रेक्षा बज्राचार्य, रेयर राई, जान्वी बस्नेत, विशाल कटुवाल, जय नन्द लामा, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, बिशाल पहाडी, प्रजोल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायतका कलाकारको अभिनय रहेको छ। त्यस्तै चलचित्रमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय छ ।

बक्स अफिसमा कसले बाजी मार्ला भन्ने चर्चा चुलिएको मात्रै नभएर स्टारडम समेत हाबी गराउने दाउमा दुबै टिम बेस्सरी लागेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org