ताजा समाचार

सर्वोच्चका लागि प्रस्तावित ५ न्यायाधीश सर्वसम्मतले अनुमोदन

काठमाडाैं । सर्वोच्च अदातलको स्थायी न्यायाधीशका लागि संसदीय सुनुवाई समितिले बिहिबार ५ जना न्यायाधीशको नाम अनुमोदन गरेको छ।

सुनुवाई समितिले उनीहरुमाथि परेको उजुरीमाथि प्रश्न सोध्दै उनीहरुको नाम अनुमोदन गर्ने निर्णय गरेको हो । सुनुवाई समितिले प्रकाशकुमार ढुङ्गाना, शुस्मालता माथेमा , हरि फुयाँल, कुमार रेग्मी र मनोज शर्माको नाम अनुमोदन गर्ने निर्णय गरेको हो ।

न्याय परिषदले सर्वोच्चको स्थायी न्यायाधीशका लागि ५ जनाको नाम सिफारिस गरेको थियो। पाँचमध्ये चार जनाको नाम समितिले सुनुवाई समाप्त गरी अनुमोदन गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ ग्रहण भएपछि उनीहरुले स्थायी रुपमा कामकाज सुरु गर्नेछन । भने, रेग्मी र फुयाँल स्थायी न्यायाधीश हुँदै सर्वोच्चको प्रधानन्यायाधीश समेत हुन सक्ने न्यायाधीशको सुचीमा रहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org