ताजा समाचार

दरबारमार्गको किङ्स लाउन्जाको शाखा पोखरामा, बैशाख अन्तिममा यी हस्तीबाट हुँदै उद्घाटन

काठमाडाैं । राजधानीको दरवारमार्गका रहेको किङ्स लाउन्जाले पर्यटकीय नगरी पोखरामा पहिलो शाखा विस्तार गर्ने भएको छ ।

राजधानीको निकै व्यस्त र महंगो मानिएको स्थानमा अवस्थित लाउन्जाले सर्वसाधारण मानिसको मन जित्न सफल भएपछि वार्षिकीको अवसर पारेर पोखरामा शाखा विस्तार गर्न लागेको हो ।

संचालक कुमार गुरुङले भने, पोखरामा पुगेका आन्तरिक पर्यटकले हामीलाई फोन गरेर पोखरामा मनोरञ्जन गर्न मन लाग्यो कुन छ पारीवारिक वातावरण भएको रेष्टुरेन्ट भनेर सोध्न थालेपछि यहाँ पहिलो शाखा विस्तार गर्ने योजना अनुसार काम अगाडी बढाएका हाैं ।

मध्यम आयस्तर भएका मानिसले समेत अफोर्ड गर्न सक्ने गरि पारीवारिक वातावरणमा संचालनमा रहेको किङ्सले पोखरामा समेत आफ्नो कामलाई तीब्रताका साथ बैशाख अन्तिमसम्ममा उद्घाटन गर्ने योजना बनाएको छ ।

फाइभ ब्रदर्सको लगानीमा संचालित किङ्स पछिल्लो समय लोकप्रिय बन्दै गएको छ । पोखराको लेकसाइडमा बन्दै गरेको किङ्स लाउन्जाको ८० प्रतिशत बढि काम सकिएको संचालक गुरुङले जनाए । पोखराको चर्चित होटेल बिजीवी र कोइलाको नजिकै किङ्सको शाखा विस्तारको काम अन्तिम चरणमा पुगेको हो ।

फुटबल विश्वकप २०१८ को सुरुवातसँगै काठमाडाैंमा संचालनमा आएको किङ्सले पोखरामा शाखा विस्तार गर्दै सामाजिक अभियान्ता तथा चर्चित व्यक्तित्वबाट उद्घाटन गराउने योजनामा रहेको जनाएको छ । संचालक गुरुङले भने, हामी पोखराको किङ्स समेत फुटबल खेलाडी र धुर्मुस-सुन्तली या पत्रकार रवि लामिछानेको हातबाट उद्घाटन गराउने पक्षमा छाैं । हेराैं उहाँहरुको समय मिल्छ की नाई ?

यद्यपी किङ्सका संचालक गुरुङले ग्राहकको सन्तुष्टिलाई ध्यानमा राखेर पोखरामा इमान्दारीका साथ व्यवसाय गर्ने जनाए । पोखरामा पर्यटक ठगिएका छन् नी भन्ने प्रश्नमा गुरुङले भने, हामीले काठमाडाैंमा दिएको सेवा हेरे पुग्छ । हामी व्यवसाय मार्फत सेवा गर्न चाहन्छाैं । ठगी भन्ने कुरा त हाम्रोमा हुँदै नहुने कुरा हो । त्यो दरवारमार्गस्थित हाम्रो किङ्सले देखाइसकेको कुरा हो नी होइन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org