ताजा समाचार

पार्टी फुट्छ, टुक्रिन्छ भन्ने ज्योतिषले दुईवटा पार्टी मिल्छ भन्ने किन थाहा पाएनन्ः प्रधानमन्त्री ओली

काठमाडाैं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ज्योतिषहरुमाथि समेत कडा व्यङ्ग्य गरेका छन् ।

पार्टी स्थापनाको ७० आैं वर्षगाँठ मनाउने क्रममा प्रज्ञा प्रतिष्ठानमा बोल्दै प्रधानमन्त्री ओलीले भने, यो महिना पार्टी फुट्छ, त्यो महिना पार्टी फुट्छ । पार्टी फुट्ने निश्चित छ भन्ने ती ज्योतिषले किन सकेनन्, एमाले माओवादी मिल्छन भनेर भन्न ?

पार्टी एकता प्रक्रियालाई विथोल्न थुप्रैले कोसिस गरेपनि त्यस्ता कोसिस दुवै अध्यक्ष मिलेर परास्त गरेको समेत उनले दाबी गरे । पार्टी एकताले पूर्णता पाएपछि ती ज्योतिषले के भन्लान ? प्रधानमन्त्री ओलीले प्रतिप्रश्न समेत गरेका छन् ।

गोलीका छर्रा र थुप्रैको बलिदानीपछि स्थायित्वसहित जनताको जीत भयो 

यस्तै, प्रधानमन्त्री ओलीले जनताको जीत भएको दाबी गरेका छन् । लामो समयको संघर्ष र बलिदानीका कारण जनताले जीत्न सकेको प्रधानमन्त्री ओलीले जनाएका हुन् ।

कम्युनिष्ट आन्दोलनलाई दिशा दिने क्रममा थुप्रैले बलिदानी गरेको स्मरण गर्दै प्रधानमन्त्रीले भने, हिजो युद्ध लडेका मानिसका जिउमा गोलीका छर्रा छन् । कोहि घाइते छन् ।कोहि अपाङ्ग छन भने, थुप्रैले ज्यानको आहुति दिएका छन् । आज देशमा राजनीतिक स्थायित्व स्थापना भएको छ । निरंकुशताको अन्त्य भएको छ। यहि दिन देख्नलाई जनताले बलिदानी गेरका हुन् ।

यस्तै, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका विरुद्ध कडा रुपमा प्रस्तुत भएका प्रधानमन्त्री ओलीले कांग्रेसको दिन दशा देखेर दया लाग्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले संघर्षको मैदानमा लामो समय व्यतित गर्न परेको जनाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org