ताजा समाचार

नेकपा स्थापना दिवसः माधव नेपाल कार्यक्रम स्थलबाट किन निस्केर हिडे ?

काठमाडाैं । पार्टी स्थापनाको ७० आैं वर्षगाँठ मनाउने अवसरमा आयोजित कार्यक्रको मञ्चमा दुई अध्यक्ष केपी ओली र प्रचण्डको मात्रै हालीमुहाली भएपछि नेता माधव कुमार नेपाल असन्तुष्ट बनेका छन् । २ अध्यक्षले मात्र बोल्ने गरी कार्यक्रम डिजाइन गरेको थाहा पाएपछि नेता नेपाल मञ्चबाट बाहिरिएकाे जनाइएको छ ।

पार्टीको वरिष्ठता क्रममा ओली र दाहालपछि नेपाल छन् । ओलीको दायाँ सिटमा खनाल, दाहालको बायाँ सिटमा वामदेव गौतम बसेका थिए । खनालभन्दा पल्लो सिटमा बस्नुपर्ने अवस्था नेपाललाई आयो । नेपाल पार्टीको वरिष्ठता क्रम ख्याल गर्ने नेता पर्छन् ।

‘झलनाथ खनालसँग कुर्सी नमिलेको भन्ने प्रचार भयो तर खास कुरा त्यो होइन,’ नेपालनिकट एक नेताको भनाइ उद्धृत गर्दै कान्तिपुरले लेखेको छ, ‘पार्टीको स्थापना दिवस र एकताको सन्देश दिने घोषणासभामा आफूलाई बाइपास गर्ने ओली र दाहाललाई मात्र नेता मान्ने प्रवृत्ति देखियो, त्यसमा उहाँलाई चित्त बुझेन ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org