ताजा समाचार

विप्लव आदिवासी जनजातीको पक्षमा छैनन्, भ्रममा परेर बन्दुक बोक्न जानुहोला नीः प्रचण्ड

काठमाडाै । नेकपा अध्यक्ष प्रचण्डले विप्लवको भर नपर्न जनजातीहरुलाई आग्रह गरेका छन् ।

विप्लवसँगृ बन्दुक उठाउन जानुहोला नी फेरी, उनीहरु संघीयताको पक्षमा छैनन् । जनजातीको आदिवासीको पक्षमा छैनन् । भ्रममा नपर्नुहोला प्रचण्डले भने ।

विप्लवले बन्दुक उठाउछु भन्दा त्यतै नजानुहोला भन्दै प्रचण्डले अन्तरक्रिया कार्यक्रममा जोडतोडका साथ उठाएका छन् । ‘हाइ लेभल डायलग स्ट्यान्डर्स एण्ड डेभलभमेन्ट अप्रोच एड्रेसिङ राइट्स, इश्यु कन्सर्न अफ इन्डोजेनियस पिपुल’ नामक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो जनाएका हुन् ।

यद्यपी प्रचण्ड नेतृत्वको १० वेर्षे जनयुद्धको क्रममा आदिवासी जनजाती तथा दलित उत्पीडित समुदायले ठूलो त्याग बलिदान गरेका थिए ।

अध्यक्ष प्रचण्डले आदिवासी तथा जनजातीको मुद्धामा आफू जत्तिको नजिकबाट बुझ्ने चिन्ने नेतृत्व नेपालमा नभएको दाबी गरेका छन् ।

आदिवासी जनजातीको भाषा बुझ्ने क्रममा नेपालको राजनीतिज्ञमा म भन्दा अर्को मान्छे वा नेतृत्व छ जस्तो लाग्दैन् । प्रचण्डले भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org