ताजा समाचार

राष्ट्रपति भण्डारी नेपाल एयरलाइन्सको जहाजमा चीन प्रस्थान

काठमाडाैँ । ९ दिने राजकीय भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी नेतृत्वको टोली आज(बुधबार) चीन प्रस्थान गरेको छ ।

उनी नेपाल वायु सेवा निगमको उडान नम्बर आरए ००१ बाट ११ बजे सियान हुँदै बेइजिङतर्फ प्रस्थान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा राष्ट्रपति भण्डारी चीनको राजकीय भ्रमणमा निस्कन लागेकी हुन् ।

राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरेका थिए । साथै नेपाली सेनाको टुकडीले सलामी अर्पण गरेको थियो ।

गणतन्त्र स्थापनापछि राष्ट्रप्रमुखले राष्ट्रिय ध्वजावाहक विमान चार्टर गरेर चीन जान लागेको यो पहिलोपटक हो। यसअघि अघिल्लो वर्ष जुन १९ मा प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाँदा निजी क्षेत्रको हिमालयन एयरलाइन्स ‘चार्टड’ गरिएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org