ताजा समाचार

खुलामञ्चमा महानगरपालिकाले चलायो डोजर, पसलेको रुवावासीसङ्गै भागदौड

काठमाडौं । जनस्थरबाट व्यापक विरोध भएपछि महानगरपालिकाले शनिवार दिउसोदेखि खुलामञ्चमा डोजर लगाएर अवैध रुपमा बनाएइका सटर भत्काइदिएको छ ।

डोजर चलाइएपछि त्यहाँ स्थित पसलेहरुको भागाभाग र रुववासी मच्चिएको छ ।

महानगर प्रहरीका प्रमुख धनपति सापकोटाले महानगरपालिकाको निर्देशनलगत्तै डोजर लिएर आफूहरु खुलामञ्च प्रवेश गरेको न्युज-नेपाललाई जानकारी दिए ।

महानगरपालिका र ठेकेदार मनोजकुमार भेटवालको स्वच्छन्द विल्डर्सको मिलेमतोमा खुल्लामञ्च ठेक्का दिएको खुलासा भएपछि यसको चौतर्फी विरोध भएको थियो । विरोधपछि महानगरपालिका त्यहाँ रहेका सटरहरु भत्काउन बाध्य भएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org