ताजा समाचार

साउन १२ सम्म घर पीडितलाई हस्तान्तरण गर्नेगरी सेनाको टोली टोर्नाडो प्रभावित स्थान वारा-पर्सा प्रस्थान

काठमाडौँ । वारा पर्सामा आएको टोर्नाडोबाट भत्किएका घरको पुननिर्मान बैशाख अन्तिमबाट थालिने भएको छ ।

घर निर्माणको जिम्मा पाएको नेपाली सेनाले शनिबार त्यसतर्फ टोली पठाएको छ । टोली १२ ओटा समूहमा विभाजित भएर काम गर्ने सेनाले जनाएको छ ।

मौसमले साथ दिएमा घर यहि साउन १२ गतेसम्म पीडितलाई हस्तान्तरण गरिसक्ने गरि काम द्रुत गतिमा अगाडी बढाइने भएको सेनाले जनाएको छ । पुनर्निर्माणमा झण्डै ६ हजार जनशक्ती खटाइने र आधा नेपाली सेनाकै जनशक्तिले काम गर्नेछन ।

जसमा बारामा ३ र पर्सामा ९ वटा क्लस्टर रहने छ । दुई जिल्लामा १ हजार ४ सय ५३ घर पूर्ण रुपमा भत्किएका छन् ।

सबैभन्दा बढी बारामा १ हजार ३ सय ६२ र पर्सामा ९१ घर ध्वस्त भएका छन् । ‘शनिबारबाट प्रभावित क्षेत्रमा घर बनाउन खटिने टोली पठाइसकेका छौं,’ सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले भने,’ वैशाख २५ गतेसम्म आवश्यक सबै सामान जुटाउने काम हुनेछ, त्यसपछि निर्माण थालिने छ ।’
कार्यालय बाराका प्रशासकीय अधिकृत एवं प्रवक्ता मुरारी कार्कीका अनुसार अहिले प्रभावितहरु टेन्टमा बसेका छन् । घर निर्माणको काम सुरु भएको छैन । पूर्ण रुपमा घर भत्किएकाहरुलाई टेन्टको व्यवस्था गरिएको छ ।

‘नयाँ घरमा २ वटा कोठा, एउटा भान्सा र घरको छेउमा शौचालय बन्ने छ,’ प्रवक्ता पाण्डेले भने, ‘तल्लो भाग सिमेन्टेड हुने छ,’ उनले भने,’ माथि जस्ता राखेर छानो हालिने छ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org