ताजा समाचार

आपतकालिन कार्य संचालन भवन गृहमन्त्री थापाद्वारा उद्घाटन

काठमाडाैं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले जिल्ला प्रशासन कार्यालय भोजपुरमा जिल्ला आपतकालिन कार्य संचालन केन्द्रको उद्घाटन गरेका छन् ।

जिल्लाको आपतकालिन भवनको उद्घाटन गर्दै मन्त्री बादलले जनताको सेवालाई चुस्त राख्न यस्ता भवनको आवश्यकता रहेको आैल्याएका छन् ।

१८ कोठा रहेको उक्त भवन रु चार करोड ४८ लाख लागतमा निर्माण सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले जानकारी दि] । भवन सरकारको लागतमा निर्माण भएको हो ।

विसं २०६० फागुन १९ गते पुरानो कार्यालय रहेको भवनमा आगजनी गरिएपछि सोही स्थानमा नयाँ कार्यालय भवन निर्माण गरिएको हो । आपतकालीन केन्द्र सञ्चालनका लागि सात स्थानीय तहले रु एक÷एक लाख बराबरको भौतिक सामग्री सहयोग गर्ने र भोजपुर नगरपालिका र षडानन्द नगरपालिकाको आर्थिक सहयोगमा नेपाली सेनाको व्यारेक परिसरमा नाइटभिजन सुविधासहितको हेलिप्याड निर्माण भइरहेको कार्यक्रममार्फत जानकारी दिइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org