ताजा समाचार

वालुवाटारको जग्गा धितो राखेर व्यक्तिले लिए ३० अर्ब ऋण प्रवाह, वित्तिय संकट देखा पर्ने संकेत

काठमाडाैं । भूमाफिया मार्फत व्यक्तिको नाममा पुगेको ललिता निवासको जग्गा अधिकांश बैंकको धितोमा रहेको खुलेको छ ।

धेरै पटक किनबेच हुँदा बालुवाटारको जग्गा कम्तिमा ३३४ कित्तामा चिरा परिसकेको छ । भने, जग्गा धनीले विभिन्न बैंकमा धितो राखेर झण्डै ३० अर्ब बढी लिन निकालीसकेका छन् ।

ऋण प्रवाह गर्नेमा इन्भेष्टमेन्ट बैंक, नबिल बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक, एभरेस्ट बैंक, एनआइसी एसिया बैंक र एसबिआई बैंक रहेका छन् । तर, सरकारी जग्गा धितो राखेर ऋण निकालेको बारे नेपाल राष्र्ट बैंक बेखवर रहेको पाइएको छ । राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले अवैध जग्गा धितो राखेर ठूलो रकम ऋण दिइएको भए त्यसले वित्तीय स्थायित्वमै समस्या ल्याउने बताए ।

यस्तै, सरकारले वालुवाटारको सबै जग्गा रोक्का गरेर राखेको छ । रोक्का गरिएको ४ सय १७ कित्ता जग्गामध्ये ३ सय ३४ कित्ता व्यक्तिको र ८३ कित्ता सरकारको नाममा रहेको जग्गा रोक्का गरिएको छ ।

विष्णु पौडेलको जग्गा पनि रोक्का

मालपोत कार्यालय डिल्लीबजारले नेकपाका महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेलको नाममा रहेको जग्गा पनि रोक्का राखेको छ । उनको नाममा दुई कित्ता जग्गा भेटिएको छ । पौडेलको नाममा कित्ता नं. ३१५ मा सात आना दुई पैसा तीन दाम क्षेत्रफल र कित्ता नं. ३०९ मा एक पैसा ०.७० दाम क्षेत्रफलको जग्गा भेटिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org