ताजा समाचार

राजाको पालामा विष्णु जीले जग्गा किन्नु भएको हो, पदीय दुरुपयोगको कुरै छैन्ः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महासचिव विष्णु पाैडेलको वचाउ गरेका छन् ।

बालुवाटारको सरकारी जग्गाबारेको विवादलाई मत्थर पार्न प्रधानमन्त्री ओलीले पाैडेलको वचाउ गर्दै प्रतिपक्षी लगायत अन्य विरोधीको खेदो खनेका हुन् ।

नेकपा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले पाैडेलबारे अनावश्यक भ्रम फैलाइएको भन्दै आक्रोस व्यक्त गरेका हुन् ।

महासचिव ज्युले पदीय दुरुपयोग गरेर जग्गा नजोडेको भन्दै पाैडेलले राजाको शासनका बेला जग्गा खरिद गर्नु भएको हो, प्रधानमन्त्री ओलीले भने ।

पौडेललाई आक्रमण गरेर पार्टी र सरकारलाई कमजोर बनाउन खोजेको उनको दाबी । पौडेलले किनेको जग्गा सार्वजनिक जग्गाभित्र पर्छ कि पर्दैन ? जालझेलभित्र पर्छ कि पर्दैन ? हडपेको हो कि होइन सबै तथ्यसहित प्रस्तुत हुने प्रधानमन्त्री ओलीले बताए ।

प्रधानमन्त्री ओलीले सार्वजनिक जग्गा मिच्न नदिने र सरकारको नाममा फिर्ता गर्ने बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org