ताजा समाचार

प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने घिमिरेलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झन्डा देखाएको भन्दै पक्राउ गरिएका आरसी भनिने रुद्रप्रसाद घिमिरेलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ ।

बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपककुमार कार्की र हरि प्रउाद फुयालको इजलाशले घिमिरेलाई रिहा गर्न आदेश दिएको हो ।

अर्घाखाँची घर भएका घिमिरेले रुपन्देहीको जितगढी विजयोत्सवमा सहभागी हुन आएका प्रधानमन्त्री ओलीलाई कालो झन्डा देखाएका थिए ।

घिमिरेलाई इलाका प्रहरी कार्यालय बुटवलले वैशाख ७ गते बुटवल महानगरपालिका–१ बाट नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले घिमिरेमाथि केही सार्वजनिक अपराध मुद्दामा अनुसन्धान गर्न १० दिन थुनामा राख्न आदेश दिएको थियो ।

प्रशासन कार्यालयले थुनामा राख्ने आदेश दिएपछि महेस डंगोलले वैशाख १० गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org