ताजा समाचार

घेरा हालेर प्रहरीले समात्यो विप्लवका जिल्ला इन्चार्जसहित थुप्रै नेता !

काठमाडौं । बाजुरामा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला इन्चार्जसहित १० जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यलय बाजुराको टोलीले बुढीगंगा नगरपालिका-१ अम्कोटबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्ला इन्चार्ज भुपेन्द्र विक, जिल्ला सचिव भरत थापा, सदस्य अंगराज भण्डारी र अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय सदस्य पवित्रा बिक रहेका छन् ।

यस्तै विप्लव समूहकै विद्यार्थी संगठन अखिल क्रान्तिकारीका नेता गोरख रोकाया, समिक्षा विक, सुशिला विक, सुस्मिता विक, केशातार विक र प्रेम थापालाई पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक (डिएसपी) उद्धवसिहं भाटले जानकारी दिए । डिएसपी भाटले भने,‘‘उनीहरु सबैलाई एकै स्थानबाट घेरा हालेर समातेका हौं । सरकारले विप्लव समूहमाथी प्रतिबन्ध लगाएपछि हामीले गाउँ-गाउँमा सर्च एण्ड अरेस्ट अपरेसन तिव्र पारेका छौं ।’’

उनीहरुको साथबाट विष्फोटक पदार्थ, एकथान हेण्ड ग्रिनेट, चन्दा संकलनका रसिद र आन्तरिक दस्तावेजसमेत बरामद भएको डिएसपी भाटले बताए । प्रहरीले देशभर पक्राउ परेका विप्लव समूहका नेता-कार्यकर्तालाई चन्दा आतंक, राज्यद्रोहको मुद्दा लगाउँदै आएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org