ताजा समाचार

बालुवाटार जग्गा प्रकरणका सूत्रधार विदेश फरार, निरन्तर शक्ति केन्द्रको सम्पर्कमा

काठमाडाैं । व्यक्तिको नाममा सारिएको बालुवाटारस्थित १४३ रोपनी जग्गा सरकारले रोक्का राखेर छानबिन थालेको ५० दिन भइसकेको छ । तर, जग्गा प्रकरणमा संलग्न एकजना पनि पक्राउ परेका छैनन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान गरिरहेको छ, तर मुख्य सूत्रधारहरूलाई निगरानीमा समेत राखेको छैन । उनीहरू आफैं सजग हुँदै विदेश लागेका छन् ।

विवाद उजागर भएपछि कुमारी बैंकको सञ्चालकबाट समेत शोभाकान्त ढकालले राजीनामा दिएका छन् । ढकाल र रामकुमार सुवेदी भारततर्फ गएको र त्यहीँबाट शक्तिकेन्द्रको संवादमा रहेको स्रोतको भनाइ छ । सो प्रकरणमा मुछिएका डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन कर्मचारीसमेत भागेको अनुसन्धानमा आबद्ध अख्तियारका अधिकारीले जानकारी दिएका छन् ।

आजको नयाँ पत्रिका दैनिकका अनुसार, बालुवाटारको सरकारी जग्गा बेचेर कान्तिपथमा दरबार खरिद गरेको दाबी गरिएको छ । पहिले ब्रिटिस काउन्सिल र पछि मेगा बैंकको प्रधान कार्यालय रहेको भवन ढकाल र सुवेदी समूहको रहेको समेत समाचारमा जनाइएको छ । यस्तै, शोभाकान्त ढकाल र रामकुमार सुवेदी भारततर्फ भागेका छन भने, डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन कर्मचारीसमेत भागेको दाबी नयाँ पत्रिकाको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org