ताजा समाचार

प्रेम सुवाल भन्छन्, विस्तारवादी भारतसँग जोड्ने काठमाडाैं-बारा द्रुतमार्ग खारेज गर्दै ‘रोप वे’ बनाइयोस्

काठमाडाैं । सरकारको नीति तथा कार्यक्रम छलफलमा नमोकिपाका सांसद सुवालले भारत विरुद्ध कडा अभिव्यक्ति दिदै काठमाडाैं बारा द्रुतमार्ग खारेज गरेर ‘रोप वे’ को निर्माण गर्न संशोधन प्रस्ताव पेश गरेका छन् ।

काठमाडाैं उपत्यकाका जनतालाई धुलो धुवाबाट बन्चित गराउनेबारे कडा अभिव्यक्ति दिएका सुवालले भारतीय विस्तारवाद भन्दै भारतको कडा विरोध समेत गरेका छन् ।

सांसद सुवालले नेताका पत्नी तथा नेताहरु विदेौस उपचारमा जान नपर्ने गरि सुविधायुक्त अस्पताल निर्माण गर्न र आर्थिक संबृद्धि हासिल गर्दै नेपाल आन्तरिक हस्तक्षेपबाट जोगाउन साम्राज्यवाद र दलालको हिस्सेदार नबन्ने कुरा समावेश गर्न उनले संशोधन प्रस्ताव गराएका हुन् ।

नेपालका बालबालिकालाई राजकुमार राजकुमारी जस्तै हुर्काउन टोल टोलटोलमा शिशु सुधार केन्द्रको स्थापना गर्न समेत उनले प्रस्ताव पेश गरेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org