ताजा समाचार

काठमाडाैं प्रहरी प्रमुखमा सुवेदी, अपराध महाशाखामा आए सहकुल थापा

काठमाडौं । नेपाल प्रहरी काठमाडाैंको प्रहरी नेतृत्व हेरफेर भएको छ ।

काठमाडाैं प्रहरी परिसर र अपराध महाशाखाको नेतृत्वलाई परिवर्तन गर्ने निर्णय भएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

स्रोतका अनुसार काठमाडौंको प्रहरी प्रमुखमा एसएसपी उत्तमराज सुवेदी सरुवा भएका छन् । प्रहरी प्रवक्ता सुवेदीलाई काठमाडाैंको जिम्मा दिइएपछि हालका प्रमुख वसन्त लामालाई लागू आैषध नियन्त्रण व्युरोमा सरुवा गरिएको हो ।

यस्तै अपराध महाशाखाको प्रमुखमा एसएसपी सहकुल थापा सरुवा भएका छन् । विराटनगर तालिमकेन्द्रमा रहेका थापालाई धिरजप्रताप सिंहको ठाउँमा ल्याइएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org