ताजा समाचार

हाम्रो पार्टीमा जस्ता विद्वान नेताहरु अरु पार्टीमा छैनन्, देशको नेतृत्व गर्ने बेला आएको छः मुख्यमन्त्री राउत

काठमाडाैं । नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरमबीच प्रज्ञा प्रतिष्ठान कमलादीमा आज पार्टी एकता भएको छ ।

पार्टी एकता सभामा बोल्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नो पार्टी मुलुकको एक नम्बर पार्टी बन्ने दाबी गरेका छन्। उनले विद्वान र अन्य पार्टीको तुलनामा सबै भन्दा अनुभवी नेताहरु रहेको पार्टी बनेको भन्दै बाबुराम भट्टराईको तारिफसँगै उपेन्द्र यादव, अशोक राई लगायतका अन्य नेताहरु एकै ठाउमा भएकाले अब कसैले रोक्न नसक्ने दाबी गरेका छन् ।

कांग्रेस नेकपामाथि कडा रुपमा प्रस्तुत भएका मुख्यमन्त्री राउतले चुनाैति दिदै क्रोध व्यक्त गरेका छन् । पार्टी मिल्दा मधेसी पार्टी भनेर हेपेको स्मरण गर्दै उनले राष्ट्रिय स्तरमा ठूलो पार्टी बन्ने दाबी समेत गरेका छन् ।

नेकपा अध्यक्ष प्रचण्डले केहि दिन पहिले एक कार्यक्रममा बोल्दै प्रदेस २ को सरकार परिवर्तन हुने भन्दै अभिव्यक्ति दिएपछि क्रुद्ध बनेका मुख्यमन्त्री राउतले षडयन्त्र गर्ने र भ्रमको खेती गर्न थालेको दाबी गरेका छन् ।

यद्यपी कार्यक्रमको सुरुवातमा मुख्यमन्त्री राउतले जय मधेस भनेर भनिरहदा डा. बाबुराम भट्टराईको मुहारमा भने त्यत्ति मुस्कान देखिएको थिएन् । नेपाली हिन्दी भाषामा भाषण गरेका मुख्यमन्त्री राउतले सहि मुद्दा भए पार्टी अगाडी बढेरै छाड्ने दाबी समेत गरेका छन् । जनयुद्ध लडेका डा. बाबुराम भट्टराई हुनु नै पार्टीको सफलता हुने उनको दावी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org