ताजा समाचार

नयाँ शक्ति फोरम एकता सहमतिपत्रमा हस्ताक्षर

काठमाडाैं । नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरम नेपालबीच एकीकरण सम्पन्न भएको छ ।

नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सोमबार पार्टी एकीकरणको सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

भट्टराई र यादवले प्रज्ञा प्रतिष्ठान कमलादीमा सोमबार पार्टी एकताका नाै बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेपछि आैपचारीक रुपमा पार्टी एकता भएको हो ।

नवगठित समाजवादी पार्टी नेपाल नाम राखेर पार्टी एकता घोषणा भएको उक्त पार्टीले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाने सहमति गरेको छ । संविधान संशोधन मार्फत ११ प्रदेशमा जानेगरि सहमतिपत्रमा हस्ताक्षर गरेको यो पार्टीले झण्डा भने संघीय समाजवादी फोरमले प्रयोग गर्दै आएको प्रयोग गर्ने भएको छ । चुनाव चिन्ह भने टुंगिन बाँकी रहेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org