ताजा समाचार

सरकारले ल्याएको नीति तथा कार्यक्रममा मेरो पूर्णसमर्थन छ, सबैले यसको पक्षमा मतदान गर्नुस्ः प्रचण्ड

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई समर्थन गर्दै सबै सांसदलाई पक्षमा मतदान गर्न आह्वान गरेका छन् ।

जनताका भावना, चाहनालाई संबोधन गर्न अधिकतम प्रयास गरेर ल्याइएको नीति तथा कार्यक्रम आएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई धन्यवाद समेत दिएका छन् ।

सरकारले ल्याएको नीति तथा कार्यक्रमको छलफलमा सहभागी भएका पूर्वप्रधानमन्त्रि समेत रहेका प्रचण्डले प्रतिपक्षीले राम्रै अध्ययन गरेर लिखित रुपमै बुदाँ ल्याएर छलफल गरेकाले संसदीय प्रणालीमा सघन छलफल हुनु सकारात्मक रहेको दाबी गरेका छन् ।

जनयुद्धका डोबहरु विस्तारै विस्तृत शान्ति सम्झाैतामा पुगेर टुंगिन लागेको दाबी गरेका छन् । यद्यपी अध्यक्ष प्रचण्डले जनताका भावना आकांक्षा र अन्य कामहरु पुरा नभएको भएपनि पुरा हुने प्रक्रियामा लागेको बताएका छन् ।

प्रतिपक्षीले विरोध गर्ने कुरालाई राजनीतिक धर्म ठान्ने प्रवृत्ति रहेकाले यसलाई रचनात्मक ढंगले संबृद्ध नेपाल र सुखी नेपालीको नारालाई अगाडी बढाउन सहकार्यको आह्वान गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org