ताजा समाचार

लालजोडीको उपमा दिएर जनवादी विवाह गराउने कमरेड प्रचण्डले गरे करोडाै खर्चेर धुमधाम पुनः विवाह

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डले धुमधामका साथ पुनः विवाह गरेका छन् ।

पत्नी सिता दाहालसँग विवाह भएको ५० आैं वर्षको वर्षगाँठ बनाउन भन्दै प्रचण्डले सीताको सिउदो रङ्ग्याएका हुन् ।

१० वर्षे जनयुद्धमा पार्टीमै थुप्रैको जनवादी विवाह गराएका प्रचण्डले भने आलिसान विवाह गरेका हुन् । जनयुद्धको क्रममा धर्मको नाममा विवाह भड्किलो बनाउन हुदैन भनेर अन्य नेता कार्यकर्ताको विवाह रातो झण्डालाई पर्दा बनाएर अबिर टिका लगाएर भाषण गरेपछि विवाहलाई अन्तिम रुप दिने गरेका प्रचण्डले भने आज ललितपुरको पार्टी प्यालेसमा होटेल याक एण्ड यतिको क्याटरिङ सहित धुमधाम विवाह सम्पन्न गरेका हुन्।

नजिकका मान्छेलाई जम्मा पारेर दुबै छोरीलाई छेउमा राखेर प्रचण्डले सीताको सिउदोमा सिन्दुर हालेका हुन् । कम्युनिष्टले विवाह भड्किलो बनाउन हुँदैन भनेर प्रवचन दिएर नथाक्ने प्रचण्डको यो विवाहपछि भने पूर्वमाओवादीका नेता कार्यकर्ताहरु भने आश्चार्यमा परेका छन् ।

नाम उल्लेख नगर्ने सर्तमा एक नेताले भने, मैले चितवनमा विवाह गरेको हुँ । मेरो विवाहको क्रममा रातो झण्डा राखेर सामान्य सपथसहित जनवादी विवाह गर्दै केहि नेताहरुले भाषण गर्नुभएको थियो भने हामीले ५ सय खर्चमा विवाह सम्पन्न गरेका थियाैं । तर, जसले मलाई यसरी विवाह गर्न प्रेरित गर्यो आज त्यसैले यस्तो गरेको देख्दा आफैले आफैलाई विश्वास गर्न सकेको छैन् ।

जनयुद्ध कालिन थुप्रै लालजोडीहरुको सिउदोको सिन्दुर युद्धकै क्रममा पुछिएको थियो । जो आजपनि दुई छाक टार्न मरिमेटी खाडीको घाममा पसिना बगाउदै छन । कोहि गोलीका छर्रा बोकेर आकासको बादल हेर्दै मृत्युको दिन पर्खेर बसेका छन् ।

प्रचण्डको यो विवाहमा सरिक नेताहरु समेत मन खुशी बनाएर बस्न भने सकेका छैनन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org