ताजा समाचार

तराईको हजाराैं विगाह जमिनको मालिक भारतीय छन्ः सांसद राधा ज्ञावाली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद राधाकुमारी ज्ञावालीले नेपालको भूमीको मालिक भारतीय नागरिक रहेको जनाएकी छन् ।

सोमबार संसदको कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिमा ज्ञावालीले तराईका अधिकांश जग्गा चचाैधरीको नाममा रहेको भन्दै ती सबै भारतमा बस्ने भएकाले नेपाली जमिनमा भारतीयको बोलवाला रहेको जनाएकी हुन् ।

तराईका हजाराैं विगाह जमिन चाैधरीको नाममा छ । उनीहरु भारतमा बस्छन् । यसरी हाम्रो देशको ठूलो भूभागको मालिक नेपाल बाहिर छ । उनीहरुको नेपाली नागरिकता अहिले पनि छैन’ । अनि अनागरिकलाई हाम्रो देशको जग्गाको मालिक हुन पाउने अधिकार हुन्छ कि हुन्न ?’ ज्ञावालीले समितिमा प्रश्न गरेकी हुन् ।

विदेशीको नाममा पुगेको जग्गालाई नेपाल सरकारले आफ्नो मातहत ल्याउने वा जोतभोग गर्नेलाई नै जमिनको मालिक बनाउनु पर्नेमा सरकारको ध्यान जानु पर्ने उनले जनाएकी हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org