ताजा समाचार

संसदमा पहिले को बोल्ने भनेर प्रधानमन्त्री र देउवाले गलफत्ति गर्नुभोः बाबुराम भट्टराई

काठमाडाैं । समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले संसदमा पहिले बोल्न पाउनु पर्ने भन्दै अनावश्यक गलफत्ति गरेको भन्दै लोकतन्त्रमा यस्तो कुरा अस्वभनिय हुने जनाएका छन् ।

सामाजिक संजाल ट्विटरमा एक ट्विट गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले अमूल्य स्रोत र समयको खेर फाल्नु गैरजिम्मेवार र निष्प्रभावी बन्नु भएको दाबी गरेका छन् ।

डा. भट्टराईले विभिन्न जनसरोकारका विषयमा छलफल गर्नुको साटो को पहिले बोल्ने भनेर संसदमा हानामार गर्नु अनुचित कार्य भएको जनाएका छन् । आज चलेको संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली बोल्नलाई रोस्टमा पुगेपनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वैठक अवरोध गरेको थियो ।

कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवाले प्रधानमन्त्री ओली भन्दा पहिले वोल्न पाउनु पर्ने भन्दै बैठक अवरोध गराएका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org