ताजा समाचार

प्रधानमन्त्री ओलीले साँझ ५ बजे पत्रकार सम्मेलन गर्दै !

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे पत्रकार सम्मेलनको आयोजना गर्ने भएको छ ।

संसदमा बिषेश सम्बोधन गर्न पुगेका प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लाग्दा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद बेठक अवरुद्ध गरेपछि प्रधानमन्त्री ओली संबोधन नगरेर फर्केका थिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले भने, सार्वजनिक महत्वको विषयमा प्रधानमन्त्री ओलीले आज पत्रकार सम्मेलनको आयोजना गर्न लाग्नु भएको छ ।

सो माग पूरा नभएपछि कांग्रेसले बैठक अवरोध गरेको थियो। त्यसलगत्तै सभामुख कृष्णबहादुर महराले बुधबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका थिए ।

प्रधानमन्त्री ओलीले आफ्नो युरोप भ्रमण, गुठी विधेयकलगायतका विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको थियो। सरकारले ल्याएको गुठीसम्बन्धी विधेयकले धर्मसंस्कृति मास्ने भन्दै विरोध भएको छ। भोलि विधेयकको विरोधमा बृहत् प्रदर्शन गर्ने कार्यक्रम रहेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org