ताजा समाचार

पत्रकार सम्मेलन गर्दै प्रम ओल‍ीले भनेः संसदमा कांग्रेसले संकिर्णता देखायो

काठमाडाैं । संसदमा प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसको अवरोधपछि बोल्न नपाएका प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गरेर कांग्रेस संकिर्णतावादी सोचका साथ अगाडी बढ्न थालेको जनाएका छन् ।

लोकतन्त्रमा आफू आए ठिक नआए बेठिक भन्ने कुराले लोकतन्त्र नचल्ने भन्दै प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसलाई बलिदानबाट आएको उपलब्धीलाई संस्थागत गर्नेतर्फ जिम्मेवार हुन आग्रह गरेका छन् ।

संसदमा आज देखिएको कुराले म अत्यन्तै दुखी भएको छु प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलनको क्रममा भने । उनले आफ्नो सरकार लोकतन्त्रको मूल्य मान्यता स्थापित गर्दै परिवर्तन ल्याएर मात्रै नभएर साकार गरेर आएको दाबी समेत गरेका छन् ।

लोकतन्त्रका लागि ठूलो बलिदान गरेर आएको पार्टी सरकारको नेतृत्वमा आएको स्मरण गर्दै उनले आफ्नो पार्टी कुनै सेन्सेसनबाट नआएको प्रधानमन्त्री ओलीको भनाई थियो । प्रेस सवतन्त्रता, स्वतन्त्र प्रेस सरकारका प्राथमिकता रहेको भन्दै मानव अधिकारमा समेत आफ्नो सरकार कटिबद्ध भएको भन्दै देश बनाउने अभिभारा बोकेर हिडेको दावी गरेका छन् ।

यस्तै, प्रधानमन्त्री ओलीले युरोप भ्रमण अत्यन्तै सफल भएको जनाएका छन् । युरोप भ्रमणका बेला राजनीतिक भेटघाट मात्रै नभएर नेपाली समूदायबीच भेटघाट गरेर आएको जानकारी गराएका हुन् ।

नेपाल र बेलायतको सम्बन्धमा थप सुधदार आएको जनाउदै उनले एकैचोटी ४०/४५ लाख मानिसले हेर्ने गरेर सम्पूर्णमा नेपालका उपलब्धी, आवश्यकता र दिशाको बारेमा वताएको जनाएका छन् ।

नेपालमा आफू विदेश भ्रमणमा निस्केको बेला केहि असामान्य ढंगका कार्यक्रम अगाडी बढाएछन भन्दै प्रधानमन्त्री ओलीले गुठीबारेको विधेयकबारे उल्टो प्रचार गर्न खोजिएको दावि गरेका छन् ।

गुठी विधेयक गुठीको संरक्षणका लागि ल्याइएपनि जनतामा केहि तत्वले गलत प्रचार गर्न खोजेको भन्दै आपत्ति समेत जनाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org