ताजा समाचार

गुठीसम्बन्धी विधेयक खारेजीको माग गर्दै माईतीघर मण्डलामा विशाल प्रदर्शन (फोटोफिचर)

काठमाडौं । काठमाडौंको माईतीघर मण्डला गुठीसम्बन्धी विधेयक खारेजीको माग गर्दै  प्रदर्शन भएको छ ।

भूमिव्यवस्थामन्त्री मन्त्री पद्या अर्यालले सरोकारवालासँग छलफल गर्न बाँकी रहेको भन्दै राष्ट्रियसभामा प्रस्तुत गुठीसम्बन्धी विधेयक फिर्ताको घोषणा मंगलबार गरेकी थिइन् । सरोकारवालासँगको छलफलपछि यसलाई अघि बढाउने उनको भनाइ थियो ।

तर, गुठीविधयेकको विपक्षमा रहेकाहरुले सरकारले विधेयक फिर्ताको घोषणा गरे पनि आन्दोलन रोकेका छैनन् ।

गुठीसम्बन्धी विधेयक त्रुटिपूर्ण भएकाले यो खारेज हुनुपर्ने उनीहरुको माग छ । यही माग राखेर राजधानीको माइतीघर मण्डलामा खबरदारी सभा आयोजना गरिएको छ ।

खबरदारीसभा अघि ‘हाम्रो संस्कृति कसैको दाइजो होइन’, ‘सम्पदा मास्न पाइँदैन’लगायतका प्लेकार्ड बोकेका प्रदर्शनकारीहरुले उपत्यकामा र्‍याली निकालेका छन् । त्रिपुरेश्वर, थापाथली हुँदै अघि बढेको र्‍याली माइतीघर मण्डलामा आयोजित खबरदारी सभामा मिसिएको छ ।

गुठी विधेयक विरुद्धको प्रदर्शनपछि अहिले थापाथली, त्रिपुरेश्वर, माइतीघर मण्डलालगायतका स्थानको सवारी आवागमन प्रभावित बन्न पुगेको छ ।

फोटोफिचरः

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org