ताजा समाचार

प्रधानमन्त्री ओलीलाई करप्रसाद होइन झुटप्रसाद ओली भन्नूपर्छः उमाकान्त चाैधरी

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृ तथा प्रतिनिधि सभा सदस्य राधा ज्ञावालीले दिएको अभिव्यक्ति थारु समुदायको प्रतिष्ठामा आँच आउने किसिमको भएकाले गम्भीर माफी नमागे सडक आन्दोलनमा आउने उमाकान्त चाैधरीले जनाए । 

प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य चाैधरीले नेकपाको सरकार असफल भएको भन्दै प्रधानमन्त्री ओली कर प्रसाद ओलीबाट झुट प्रसाद ओली बन्न पुगेको जनाएका छन् । 

सदियाैदेखि नेपालमा बस्दै आएका थारु समूदायमाथि नेतृ ज्ञावालीले अभिव्यक्तिप्रति खेद प्रकट गर्दै सांसद चाैधरीले थारुलाई गैर नागरिक देख्नु अत्यन्तै अपमानजनक कुरा रहेको भन्दै सार्वजनिक रुपमा माफी माग्न चुनाैति दिएका छन् । 

ओली सरकार असफल बन्दै गएको भन्दै जनताले खुशी व्यक्त गर्ने ठाँउ नपाएको जनाएका छन् । 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org