ताजा समाचार

हामीले शेरबहादुर देउवालाई छेरबहादुर भन्न बाध्य भए के हुन्छः झपड रावल

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद झप्पड रावलले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद उमाकान्त चाैधरीले प्रधानमन्त्री ओलीबारे दिएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेका छन् ।

जनताले सदनलाई हेरिरहेको हुने भन्दै प्रधानमन्त्री ओलीको नाम बिगारेर करप्रसाद, झुटप्रसाद ओली भनेर उपनाम राखेर नाम बिगारेको र अमर्यादीत शब्द बोलेको भन्दै आपत्ति जनाएका हुन् ।

यसैक्रममा सांसद रावलले भने, नाम बिगारेर शेरबहादुर देउवालाई छेरबहादुर देउवा भन्दा हुन्छ ? त्यसैले यो शब्द संसदको रेकर्डबाट हटाइयोस भन्दै सभामुख समक्ष माग गरेका छन् ।

सभामुख कृष्णबहादुर महराले गम्भीर विषय भएको भन्दै यसलाई गम्भीरताका साथ लिएको र आवश्यक कारबाही चाल्नेबारे पछि सोच्ने आश्वासन समेत दिएका छन् ।

नेपाली कांग्रेसका सांसद उमाकान्त चाैधरीले प्रधानमन्त्री ओलीले धेरै झुट बोलेको र जनतालाई झुटो आश्वासन दिएको भन्दै झुटप्रसाद ओली उपनाम राख्दा फरक नपर्ने जनाएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org