ताजा समाचार

५ कक्षामा पढ्ने बालकको सुसाइड नोटः मलाइ घर-स्कुलमा कसैले माया गरेनन्, म संसार छाडेर जाँदैछु !

काठमाडाैं  । ‘मेरो नाम समिर लुङ्वा हो । म कक्षा ५ मा पढ्छु । मेरो रोल नम्बर ५ हो । आज म केही कुरा भन्न चाहन्छु । म धेरै दुखमा छु, मलाई कसैले माया गर्दैन । कक्षामा केटाहरुलाई पिट्ने र केटीहरुलाई नपिट्ने र घरमा मलाई दाई भाउजुले हेँला गर्ने, कोही सर मिस त नहुने म तिनीहरुको नाम लेख्दै छु ।

सरस्वती मिस, दिवाकर सर, गोविन्द सरले म बिरामी हुँदा मलाई बिरामी भाको छैन भन्ने । म यति भन्दै बिदा माग्छु । म एघार बर्ष भएँ । म जन्मेको कार्तिक १४ गते हो ।’ म यो संसार छाडेर जाँदैछु ।

ललितपुरमा एक बालकले यस्तो खालको सुसाइड नोट लेखेर आत्महत्या गरेका छन् । कालिकादेवी माध्यामिक विद्यालयमा कक्षा ५ मा पढ्ने समिर लुङ्वाले सुसाइड नोट लेखेर आत्महत्या गरेका  हुन् ।

महानगरीय प्रहरी वृत चापागाँउका प्रमुख डिएसपी राजकुमार खिउजुका अनुसार उनको घरमा कोहि नभएको खण्डमा बालकले आत्महत्या गरेका हुन् । यसबारे थप अनुसन्धान भइरहेको खिउजुले जनाएका छन् ।

हेर्नुहोस् बालकले लेखेको सुसाइड नोटः

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org