ताजा समाचार

विप्लवको बन्दले देशभर आंशिक प्रभाव, केहि स्थानमा शंकास्पद वस्तु फेला

काठमाडाैं । देशभर विप्पलव नेतृत्वको प्रतिबन्धित नेकपाको बन्दको आंशिक प्रभाव परेको छ । आज देशभर आंशिक रुपमा सवारी साधन चलेका छन भने शिक्षण संस्थाहरु भने छिटफुट मात्रै खुलेका छन् ।

उपत्यकामा समेत गाडी आंशिक रुपमा चलेका छन् । तर लामो दुरीका सवारी साधन भने ठप्प प्राय रहेको पाइएको छ । राजधानीका साघुरा र साना गल्लीका सडक सुनसान जस्ते देखिएपनि मुख्य र ठुला बाटोहरुमा भनेौ सवारी साधन गुडिरहेका छन् । सडकमा प्रहरी बाक्लो रुपमा उपस्थित भएकाले समेत सवारी साधन बिहानको तुलनामा बाक्लो हुँदै गएका छन् ।

पश्चिममा महेन्द्रनगर र धनगढीबाट छुट्ने लामो दुरीका सवारी साधन छुटेका छैनन। नेपालगञ्ज र बुटवलमा पनि आशिंक रुपमा सवारी साधान चलेका छन्। देशभरको सुरक्षा व्यवस्था कडा पारिएको नेपाल प्रहरीले जनाएको छ।

ठाउँठाउँमा हतियारसहितका प्रहरी परिचालन गरिएको छ। उपत्यका बाहिर पनि बन्दको प्रभाव आशिंक परेको छ । बन्दको पूर्व सन्ध्यामा बिहानै देशका केही ठाउँमा शंकास्पद बस्तु फेला परेका छन्।

मंगलबार बिहानै बनेपा रातो पुल नजिकै विस्फोटको आवाज आएको स्थानीयले बताएका छन्। बिहानै तीन् बजेतिर विस्फोटको ठूलो आवाज आएको स्थानीयको भनाइ छ। प्रहरीले भने विस्फोटको पुष्टि गरेको छैन।

त्यस्तै पनौती ७ स्थित ढुंखर्क बस स्टपमा र खोपासी मार्गको रोशी खोला पुलमा राखेको २ वटा प्रेसर कूकर बमलाई नेपाली सेनाको धुलिखेलस्थित विष्णुदल गणबाट खटिएको टोलीले डिस्पोज गरेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org