ताजा समाचार

५ भारतीयले लिएको नेपाली नागरिकता रद्द, ५ प्रमुख सेनानीलाई महासेनानीमा पदोन्नति गर्ने सरकारको निर्णय

काठमाडाैं । नेपाल सरकारले भारतीयले लिएको नेपाली नागरिकता रद्द गर्ने निर्णय गरेको छ ।

मन्त्री परिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले भने, सप्तरी, राैतहट र धनुषाबाट नागरिता लिएका ५ भारतीयको नेपाली नागरिकता रद्द गर्ने निर्णय भएको छ ।

सप्तरी जिप्रकाबाट जारी भएको जीवनकुमार सिंह, धनुषाबाट नागरिकता लिएका धमेन्द्र ठाकुर र अजयकुमार ठाकुर, रौतहटबाट जारी भएको जमुना राउत भन्ने यमुना सिंह र कृपाली राउत भनी चिनिने कृपाली सिंहको नागरिकता रद्द गरेको हो ।

यस्तै नेपाली सेनाका पाँच जना प्रमुख सेनानीहरूलाई महासेनानी दर्जामा पदोन्नति गरी पदस्थापन गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org