ताजा समाचार

सिरिन्ज ‘आक्रमण गर्ने व्यक्ति पक्राउ’, भनेः रमाइलोका लागि यस्तो गरेको हो

काठमाडाैं । राजधानीमा युवतीमाथि श्रृङखलाबद्ध सुई आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले महाराजगञ्जबाट पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडाैंले रामेछाप घर भई अहिले महाराजगञ्जमा रेस्टुरेन्ट चलाउदै आएका सन्तोष कार्कीलाई पक्राउ गरेको हो । कार्कीलाई युवतीमाथि सुई आक्रमण गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

कार्कीले प्रारम्भीक बयानको क्रममा अपराध गरेको सकारेको जनाइएको छ । प्रहरी स्रोतका अनुसार कार्कीले रमाइलोका सुई आक्रमण गरेको जनाएका छन् ।

उनी ५ वर्ष युएई वसेर फर्केका व्यक्ति हुन् । प्रहरीले आज दिउसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी थालेको स्रोतले जानकारी दिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org