ताजा समाचार

दिपक मनाङेलाई मुख्यमन्त्री गुरुङले भित्र्याए नेकपामा

काठमाडौं । प्रदेश सांसद राजीव गुरुङ (दिपक मनाङे) नेकपा प्रवेश गरेका छन् ।  गण्डकी प्रदेश सांसद मनाङे नेकपाको सहयोगमा स्वतन्त्र तर्फबाट प्रदेश सभामा निर्वाचित भएका थिए ।

यस्तै, मनाङेसँगै विप्लव नेतृत्वको नेकपाका कास्की जिल्ला नेता पुष्प कार्की समेत नेकपा प्रदेस गरेका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नेकपामा बुधबार बिहान स्वागत गर्दै नेकपाको विधान दिएर पार्टी प्रवेस गराएका हुन् । मनाङबाट प्रदेस सभामा विजयी भएपनि फाैजदारी अभियोगमा उच्च अदालत पाटनले दोशी ठहर गरेपछि उनले सपथ लिन भने पाएका थिएनन् ।

पछि उनले सर्वोच्चमा पुनरावेदनका लागि निवेदन दिएपछि उनलाई थुनामा नबसेर मुद्धा लड्न सक्नेगरि बाटो खोलिदिएको थियो । त्यसपछि उनले प्रदेश सभा सदस्यमा सपथ लिएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org