ताजा समाचार

विप्लवका उपत्यका इन्चार्ज माइला लामा पक्राउ

काठमाडौं । विप्लव नेतृत्वको नेकपा कम्युनिस्ट पार्टी (नेकपा) का उपत्यका ब्यूरो इन्चार्ज माइला लामालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा काठमाडौंको काँडाघारीबाट उनलाई प्रहरीले आइतबार मध्यराती पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) सहकुल थापाले लामा पक्राउ परेको पुष्टि गर्दै उनलाई विशेष सूचनाको आधारमा काँडाधारीबाट राती साढे १२ बजेतिर पक्राउ गरिएको बताए ।

उनका अनुसार माइला लामासँगै रेशम तामाङलाई पनि पक्राउ गरिएको छ । प्रहरीले राजधानीका विभिन्न स्थानमा भएको बम विस्फोटका घटना लामाको निर्देशनमा भएको दाबी गर्दै आएको छ ।

लामा विप्लव समूहभित्रको एक प्रभावशाली नेता मानिन्छन् । विभिन्न समयमा राजधानीको तीन स्थानमा बम विस्फोट हुँदा ६ जनाको ज्यान गएको थियो ।

एकीकृत माओवादी विभाजन भएपछि लामा मोहन वैद्य हुँदै विप्लव समूहमा आवद्ध भएका थिए ।

फागुन २८ गते सरकारले विप्लव समूह्लाई प्रतिबन्ध लगाएयता सो समूहका शीर्ष नेतासहित ५०० भन्दा बढी नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org