ताजा समाचार

रवीन्द्रलाई नै सुहाउथ्यो तर म उहाँको उत्तराधिकारीको रुपमा आएको छुः मन्त्री योगेश भट्टराई

काठमाडाैं । नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराईले पद सम्हाल्दै स्वर्गिय रवीन्द्र अधिकारीको उत्तराधिकारीको रुपमा आफू आएको जनाएका छन् ।

आज कार्यकक्ष जिम्मेवारी सम्हाल्दै प्रकृतिलाई जित्न नसक्दा आज आफू रवीन्द्र अधिकारीको कुर्सी सम्हाल्न आइपुगेको जनाएका हुन् । मन्त्री भट्टराईले यसमा थप्दै भने, यो कुर्सी उहाँ ( स्व. रवीन्द्र)लाई नै सुहाउथ्यो । उहाँले नै राम्रोसँग सम्हाल्न सक्नुहुन्थ्यो तर, प्रकृतिका कारण म आएको छु ।

बुधबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री भट्टराईले सबैको राय सल्लाह लिएर अगाडी बढ्ने जनाए । उनले थप्दै भने, ‘परिस्थितिले उहाँ बस्नुभएको कुर्सीमा म बसेको छु, उहाँले नै राम्रोसँग सम्हाल्न सक्नुहुन्थ्यो, उहाँकै आवश्यकता थियो, तर प्रकृतिलाई जित्न सकेनौं. उहाँको उत्ताराधिकारीका रुम्पमा आएको छु, यसो भन्दा मलाइ गर्व छ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org