ताजा समाचार

पूर्वउपसचिवको घरमा चलेको गोली प्रकरणमा नयाँ ‘ट्विस्ट’

काठमाडौं । कलंकीस्थित पूर्वउपसचिवको घरमा चलेको गली प्रकरणमा नयाँ ट्विस्ट आएको छ ।

प्रहरीले पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरमा गोली चलाएको आशंकामा छिमेकी एवं पूर्वइञ्जिनियर शुभांकर खनालको इजाजतप्राप्त हतियार नियन्त्रणमा लिएको थियो ।

तर, प्रहरीको केन्द्रिय प्रहरी विधि विज्ञान प्रयोगशालामा ब्यालेस्टिक जाँच गरेपछि उक्त हतियारबाट गोली नचलेको रिपोर्ट बुझाएको हो । प्रहरीका केन्द्रिय प्रवक्ता उत्तमराज सुवेदीका अनुसार रिपोर्ट ‘नेगेटिभ’ आएको हो ।

खनाललाई नियन्त्रणमा लिएर सोधपुछ गरिए पनि अन्य सबुत नभेटिएपछि साधारण तारेखमा छाडिएको थियो ।

सोमबार साँझ शर्माको घरमा गोली चलेको थियो । भने उनकी १९ वर्षीया छोरी पढिरहेको कोठामा गोली भेटिएको थियो । तर, प्रहरीले भने गोली नियतवस नभएर दुरघटनाबस चलेको हुनसक्ने आशंका गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org