ताजा समाचार

सभामुखको सदन खुलाउने प्रयास असफल, बैठक सूचना टाँसेर स्थगित

काठमाडाैँ । संसदमा रहेको गतिरोध हटाउन दलहरु असफल भएका छन्।

सभामुख कृष्णबहादुर महराको आह्वानमा बानेश्वरमा बसेमा बैठकमा सत्ता पक्षबाट नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ, उपप्रधानमन्त्री उपेन्द्र यादव, समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, मुख्य सचेतक देव गुरूङलगायत उपस्थित थिए।
सत्तारुढ दल नेकपाले सर्लाहीका दुई गोलीकाण्डका घटनामा संसदीय समिति गठन गर्न अस्वीकार गरेको छ। राज्य व्यवस्था समितिले छानबिन गरिरहेकाले अर्को समिति बनाउन नहुने अडान सत्तारुढले राखेको हो ।

प्रमुख प्रतिपक्ष कांग्रेस संसदीय दलका उपनेता विजय गच्छदार, मुख्य सचेतक बालकृष्ण खाँड तथा मिनेन्द्र रिजाल लगायतको उपस्थिति थियो।

त्यस्तै, राजपा अध्यक्ष मण्डल राजकिशोर यादव, महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण लगायतको उपस्थिति थियो।

दिउँसो २ बजेका लागि बैठक बोलाइएको थियो। छलफल जारी रहेकाले सूचना टाँस गरी बैठक स्थगित गरिएको हो।

अर्को बैठक साउन २० गते बिहान ११ बजेका लागि बोलाइएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org