असफल प्रेमले सडकमा पुगेका पूर्व नासु, जसको किरिया समेत भएको थियो
चितवन । दुई दशकअघि सरकारी जागिरे हुनु चानचुने कुरा थिएन। त्यो बेलाको सरकारी जागिरको सान बेग्लै हुन्थ्यो। बिहेबारीदेखि घरको बन्दोबस्ती तथा जीवनशैली नै फरक हुन्थ्यो । काठमाडौं टंगालका ५८ वर्षीय मनोहर केसी त्यो बेला सडक विभागको नायब सुब्बा थिए ।
त्यतिबेला उनी एक युवतीसँग गहिरो प्रेममा फसे।त्यही प्रेमबाट बिछोडिँदा उनी घर न घाटको भए । काठमाडौं महानगरपालिका- ५ का वडाध्यक्ष रमेश डंगोलका अनुसार धादिङमा सडक विभागमा नायब सुब्बा भएर काम गर्थे, प्रेमबाट बिछोडिँदा मनोरोगी भए, त्यसपछि झण्डै २५-३० वर्षदेखि सडकमै बास भयो ।’
हाँडीगाउँ आसपासका सडकमा एउटा हातले पाइन्ट समाउने र अर्का हातले रुपैयाँ माग्ने उनको दैनिकी बन्यो।बेलाबेलामा सडकको कागज टिपेर गोजी भर्थे । कसैले पाँच रुपैयाँ दिएपछि दोकान कुदिहाल्ने। स्थानीयका अनुसार पछिल्लो समय उनी मदिराको लतमा देखिन्थे।
विगतमा परिवारले उपचार प्रयास पनि गरेको थियो । वडाध्यक्ष डंगोलले भने, ‘नत सफल हुन सक्यो न परिवारमै अडेर बस्न सके ।’ आमा हुँदासम्म उनी केही समय घरमा पनि बस्ने गरेका थिए । आमाको शेषपछि भने उनको बास सडकमै भएको स्थानीय बताउँछन् ।
एकपटक सडकमा घुम्दाघुम्दै हराए। त्यही बेला सवारी दुर्घटनामा परेर एक व्यक्तिको शव ठ्याक्कै केसीको अनुहारसँग मिल्यो । परिवारले आफ्नै मान्छे भनेर १० दिनको किरियासमेत गरेको डंगोल सम्झन्छन् । महाराजगञ्जस्थित टिचिङ अस्पतालमा शव पहिचान गर्न उनी आफै गएका थिए ।
केसीले प्रविणता प्रमाणपत्र तह पास गरेका छन्।धादिङमा उनी जागिरमा छँदै मानसिक समस्या आएको स्थानीय बताउँछन् । मनोविद् डा. नरेन्द्रसिंह ठगुले भने, ‘प्रेम या कुनै पनि विषयबाट आघात भएका व्यक्तिमा डिप्रेसन देखिन सक्छ। जीवनप्रति नैराश्यता तथा एक्लोपन भएकाहरुको बेलैमा सही व्यवस्थापन गर्न नसकिए भने मासिक समस्या देखिन्छ। यस्तो समस्या आए मनोविमर्श सेवा र साइकोथेरापीका माध्यमबाट उपचार गर्नुपर्छ।’ त्यस्ता व्यक्तिले आत्महत्यासमेत गर्नसक्ने उनले बताए ।
यसरी गरियो उद्धार
आफ्नै गाउँको मान्छे सडकमा विक्षिप्त भएर हिँडेको देखेपछि डंगोले काठमाडौँ महानगरसँग समवन्य गरी मानव सेवा आश्रममा राखेका हुन्। वडाध्यक्ष डंगोल र वडा सदस्य मिनासिंह प्रजापति र उत्तम शर्माले उद्धार गरी उनलाई आश्रममा पुर्याइएको हो ।
वडा सदस्य प्रजापतिले उनी आफूले देखेदेखि सडकमा देखेको बताइन्। सुरुमा त्यति ठीकै अवस्थामा देखिने गरेका उनी विस्तारै गम्भीर मानसिक समस्यामा देखिएको उनले बताइन् ।
आश्रममा पुगेपछि केसीमा केही सकारात्मक परिवर्तन देखिन थालेको छ।आश्रमका प्रदेश संयोजक सुमन बर्तौलाका अनुसार चिकित्सकको रायअनुसार अवस्था हेरेर मनोरोगीको उपचार गर्ने गरिएको बताए ।
पारिवारिक हिंसा, आपसी बेमेल, श्रीमान्को हेला घरपरिवारको बेवास्ता असफल प्रेमजस्ता कारणले मानिस मनोरोगी भएर सडकमा पुग्ने गरेका छन् ।
Comments
अरु समाचार
-
सहमतिमा करणी ठहर, तिनै बाबाको निवासमा महिला डेपुटी गभर्नर
काठमाडौं । राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना दुई साताअघि ‘एक पन्थ दो काज’ को शैलीमा सुनसरीको चतराधाम पुगिन्...
-
काठमाडौँमा आजदेखि ‘ट्राफिक सचेतना विशेष अभियान’ सुरु
काठमाडौं । सभ्य सडक संस्कारका माध्यमबाट सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजदेखि ‘ट्राफिक सचेतना विशेष...
-
जात, समुदाय लक्षित सामग्री सामाजिक सञ्जालमा नराख्न प्रहरीको आग्रह
काठमाडौं । सम्प्रदायबीचको सम्बन्धमा असर पार्ने किसिमका सामग्रीहरू सामाजिक सञ्जालमा नराख्न नेपाल प्रहरीको साइबर व्यूरोले अनुरोध गरेको छ । शुक्रबार...
-
डोल्पामा डढेलो निभाउने क्रममा घाइते भएका तीन सैनिकको मृत्यु
काठमाडौं । डोल्पाको ठूलीभेरी नगरपालिका–४ मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका चार जना सैनिकमध्ये तीन जनाको ज्यान गएको...
-
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा वर्षा
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको...
-
सशस्त्र प्रहरीको गोदाममा भएको आगलागीको घटना छानबिन गर्न समिति गठन
काठमाडौं । सशस्त्र प्रहरीको बलम्बुस्थित केन्द्रीय गोदामघरमा सोमबार आगलागी भएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी अस्पतालको...
-
उपत्यकाबाट आठ महिनामा एक हजार ८४७ मोटरसाइकल चोरी
काठमडौं । चालु आर्थिक वर्षको हालसम्म काठमाडौँ उपत्यकाबाट एक हजार आठ सय ४७ वटा मोटरसाइकल चोरी भएको प्रहरीको तथ्याङ्कले देखाएको...
-
खोटाङका एघार ठाउँमा बृहत् स्वास्थ्य शिविर
काठमाडौं । बेलायतस्थित खोटाङ सेवा समाजले स्वास्थ्य सेवामा पहुँच नभएका जिल्लावासीलाई लक्ष्यित गरेर बृहत् स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।...
-
दिल्ली जान लागेका दुई तिब्बतीमूलका सहित तीन यात्रुको साथबाट हजारौं डलर बरामद
काठमाडौं । काठमाडौंबाट नयाँ दिल्लीतर्फ जान लागेका तीन जना यात्रुको साथबाट प्रहरीले हजारौं अमेरिकी र क्यानडेली डलरका साथै भारतीय रुपैयाँ...