ताजा समाचार

दिल्ली जान लागेका दुई तिब्बतीमूलका सहित तीन यात्रुको साथबाट हजारौं डलर बरामद

काठमाडौं । काठमाडौंबाट नयाँ दिल्लीतर्फ जान लागेका तीन जना यात्रुको साथबाट प्रहरीले हजारौं अमेरिकी र क्यानडेली डलरका साथै भारतीय रुपैयाँ बरामद गरेको छ ।अवैध रुपमा लैजान खोजिएको डलर र भारुसँगै क्यानडाको राहदानी बोकेका तिब्बतीमूलका दुई जना र नेपाली राहदानी बोकेका एक जना पक्राउ परेको बताइएको छ ।

आज दिउँसो इण्डिगो एअरलाइन्सको उडान नम्बर ६ई ११५४ मा त्यसतर्फ जान लागेका क्यानडेली राहदानीवाहक तिब्बतीमूलका ५१ वर्षे पेमा दोर्जी दोथारलगायतसँग अन्तिम सुरक्षा जाँचको क्रममा अवैध डलर र भारु फेला परेको हो ।

त्यस्तै क्यानडेली राहदानीवाहक ३४ वर्षे तेन्जिङ देलेक र नेपाली राहदानीवाहक ७२ वर्षे ङ्वाङ पाल्मु लामाको साथबाट २७ हजार ४२८ अमेरिकी डलर फेला परेको छ । त्यस्तै क्यानडेली डलर १४८० र भारतीय रुपैयाँ ५५ हजारसमेत उनीहरुको साथबाट प्रहरीले सुरक्षा जाँचको क्रममा फेला पारेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org