ताजा समाचार

पूर्वराजा नसच्चिए नागार्जुनबाट निकालिन्छन्ः प्रचण्ड

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुनबाट निस्किन चेतावनी दिएका छन् ।

बीपी राजमार्ग र रामेछापको खाँडादेवी जोड्ने सुनकोसी नदीमा बनेको पुल उद्घाटन गर्ने क्रममा प्रचण्डले बकबक गर्न थालेमा जनताले नागार्जुनबाटै निकाल्ने चेतावनी दिएका हुन् ।

आक्रामक बनेका प्रचण्डले भने, – ‘संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका क्रममा शरण पर्न आएकाले ज्ञानेन्द्रलाई संरक्षण दिएका हुन्, त्यसैले पूर्वराजाले बढी बकबक गरिरहे जनताले नागार्जुनबाट समेत निकाल्नेछन् ।’

प्रचण्डले पूर्वा राजा र उनका समर्थकलाई समेत सच्चिएर सन्तुलित बन्न आग्रह गरेका छन् । केहि दिनपहिले राप्रपा अध्यक्ष कमल थापाले सरकार मात्रै नभएर शासन सत्ता नै फेर्ने भन्दै भाषण गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org