ताजा समाचार

किन रोए पर्यटनमन्त्री भट्टराईसँगै माधव नेपाल ?

काठमाडाैं । पर्यटनमन्त्री योगेश भट्टराई र नेकपाका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल संसदीय समितिमा भक्कानिदै रोएका छन्  ।

सिंहदरबारस्थित संसदको अन्तराष्ट्रिय सम्बन्द समितिले पर्यटनमन्त्री भट्टराईलाई स्वागत गर्न कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा नेकपाका विदेश विभाग प्रमुख समेत रहेका नेता नेपालसहित अन्य नेताहरु उपस्थित भएका थिए । जब मन्त्री भट्टराईको बोल्ने पालो आयो भट्टराईले  माधवकुमार नेपाल आफ्नो नेतामात्रै नभएर गुरु नै भएको बताए । त्यसपछि उनले २०४३ सालको घट्ना स्मरण गर्दै आफु मृत्युको मुखमा पुगेको बेला नेता नेपालको एक स्पर्शले आफुलाई बाच्ने शक्ति प्रदान गरेको स्मरण गरे ।

जब मन्त्री भट्टराईले नेपालबारे कुरा गर्दै गए उनका आँखा रसाइसकेका थिए । नेता नेपाल समेत सम्हालिन सकेनन् । त्यसपछि बैठक हल नै सुनसान प्रायः बन्न पुग्यो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org