ताजा समाचार

राजपा नेता राकेश मिश्रले सरकारले गरेको नागरिकता खारेजमाथि भारतका मिडिया सामू उठाए प्रश्न, भारतभर चर्चा

काठमाडाैं । सरकारले झुठो विवरण पेश गरेर नेपाली नागरिकता लिएका ८ भारतीयको नागरिकता रद्ध गरेसँगै भारतमा चर्चा सुरु भएको छ ।

भारतीय संचार माध्यमले राष्ट्रिय जनता पार्टी (राजपा)का नेता राकेश मिश्रसँग सम्पर्क गरेर नागरिकता रद्ध गरिएको विषयबारे कुराकानी गरेका छन् ।

नेता मिश्रले सरकारले नागरिकता खारेज गर्दा अनुसन्धान नगरेर गरेको आसय व्यक्त गरेका छन् ।

उनले पिटीआईसँगको कुराकानीमा भनेका छन, सरकारले यस्तो निर्णय लिदा राम्ररी अनुसन्धान गरेको जस्तो लाग्दैन् । मलाई सरकारले लिएको निर्णयप्रति आशंका छ । सरकारले भारतीय नागरिक भनेर नागरिकता खारेज गरेपनि नागरिकता दिने सरकारी अधिकारीबारे केहि बोलेको छैन् । नागरिकता लिन चाहिने कागजात बिना कसरी नागरिकता प्राप्त गरे भन्ने कुरा पनि आउला ।

मन्त्रीपरिषद् बैठकले राजेन्द्र महत्तो, राजेश्वर महत्तो, विन्दे महत्तो, दानादेवी महत्तो, रामकिशोर महत्तो, राजकुमार महत्तो, सोसील महत्तो र अशोक शाह को नागरिकता खारेज गरेको हो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org