ताजा समाचार

अवैध चार किलो सुनसहित चिनियाँ नागरिक पक्राउ

काठमाडाैं । अवैध रुपमा ४ किलो सुनसहित काठमाडाैं ओर्लिएका चिनियाँ नागरिकलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको छ ।

त्रिभुवन विमानस्थलको भन्सार कार्यालयले सुनसहित चिनियाँ नागरिक ली निंछीलाई आइतबार राती ११ बजे पक्राउ गरेको हो ।

ब्याग भित्र कपडाको बेल्टमा एक केजी तौलका चारवटा सुनको बिस्कुट लुकाएर राखिएको अवस्थामा विमानस्थल भन्सारले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

हङकङ हुँदै काठमाडौं आएका उनको लगेजमा सुन भेटिएको महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख डीआईजी शैलेश थापा क्षेत्रीले बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org