ताजा समाचार

पूर्वसभामुख नेम्वाङको नेतृत्वमा संसदीय विशेष समिति गठन

काठमाडाैं । प्रतिनिधिसभाले पूर्वसभामुख तथा नेकपाका नेता सुवास नेम्वाङको नेतृत्वमा संसदीय विशेष समिति गठन गरेको च ।

कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा)नेपालले संसद अटाउन समितिको गठनको माग गर्दै आएका थिए । सोहि अनुरुप आज भएको सहमति अनुसार गतिरोधको अन्त्य गर्न भन्दै संविधान, नियम र स्थापित परम्परा अनुसार आवश्यक अध्ययन गरी सुझाव दिन समिति बनेको हो ।

समितिमा नेकपा प्रमुख सचेतक देव गुरुङ, कांग्रेस सचेतक पुष्पा भुसालका साथै मिनेन्द्र रिजाल, उमाशंकर अरगरियालगायत रहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org