ताजा समाचार

श्रीमान विदेशमा पसिना बगाउदै, श्रीमति परपुरुषसँग पासोमा !

काठमाडौं । राजधानीको कपनमा युवायुवतीले एउटै रुखमा झुण्डेर आत्महत्या गरेका छन् ।

आत्महत्या गर्नेमा सोलुखुम्बु सोताङ-४, नाम्लुङका २१ वर्षीय अमिर/चन्द्र नाछिरिङ र दूधकोशी गाउँपालिकाकी २३ वर्षीया निर्मला खालिङ छन् । खालिङका श्रीमान बैदौशिक रोजगारीको सिलसिलामा बाहिर रहेका छन् ।

अनुसन्धान अधिकृतहरुका अनुसार खालिङ विवाहित हुन् । उनको एक छोरीसमेत छिन् । छोरी पढाउन भन्दै उनी काठमाडौं आएकी थिइन् । नाछिरिङ भने अविवाहित हुन् ।

महानगरीय प्रहरी वृत्त, बौद्धका डीएसपी नरेन्द्र चन्दले उनीहरुको शव झुण्डिएको अवस्थामा फेला परेको बताए ।’

प्रहरी दुवैको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाउने तयारी गरेको छ । अनुसन्धान अधिकृतका अनुसार दुबैको सम्बन्ध खुलेपछि डराएर आत्महत्या गरेको हुनसक्ने जनाइएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org