ताजा समाचार

रवी लामिछानेसँग काम गरेका पत्रकार पुडासैनी होटेलमा मृत फेला !

काठमाडाैं । माउण्टेन टेलिभिजनमा कार्यरत पत्रकार सालिकराम पुडासैनी चितवनको एक होटेलमा मृत अवस्थामा फेला परेका छन् ।

चितवनको बसपार्कस्थित कंगारु होटेलको कोठा नम्बर २०२ मा उनी झुन्डिएको अवस्थामा मृत फेला परेको चितवन प्रहरीले जनाएको छ ।  होटेलमा कर्मचारी उनलाई खाना खान बोलाउन जाने क्रममा ढोका नखोलेपछि प्रहरीलाई बोलाइएको थियो । प्रहरीको रोहबरमा ढोका खोल्दा उनी झुण्डिएको अवस्थामा फेला परेका थिए ।

न्युज २४ नेपाल टेलिभिजनको कार्यक्रम ‘सिधा कुरा जनतासँग’मा कार्यरत पत्रकार पुडासैनी केहि समय पहिले मात्रै माउण्टेन टेलिबिजनमा प्रवेश गरेका थिए  । उनी न्युज २४ नेपालमा कार्यतर रहँदा कार्यक्रम संचालक रवी लामिछानेका विश्वासपात्र समेत मानिन्थ्ये ।

पत्रकार पुडासैनीका आफन्त चितवन पुगेपछि थप अनुसन्धान हुने चितवन प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org