ताजा समाचार

राजपाको पार्टी कार्यालय पनि सरकारी जग्गा मै !

काठमाडाैं । राष्ट्रिय जनता पार्टी (राजपा)को पार्टी कार्यालय समेत सरकारी जग्गामा रहेको पाइएको छ ।

मधेसी निजामती कर्मचारी मञ्चलाई सरकारले उपलब्ध गराएको सरकारी जग्गामा राजपाले पार्टी कार्यालय राखेर बबरमहलस्थित १ रोपनी जग्गा तथा भवनको अनाधिकृत प्रयोग गर्दै आएको छ । त्यहाँको भवनलाई ‘मधेस भवन’ नामकरणसमेत गरिएको छ ।

सरकारबाट भोगाधिकार पाएको संरचना वा जग्गा अर्को पक्षलाई भाडामा वा अन्य कुनै प्रयोजनमा दिन नपाइने व्यवस्थाविपरीत कर्मचारी मञ्चले २०७४ साउन १८ देखि आफ्नो भवन राजपालाई कार्यालय सञ्चालनका लागिदिएको हो । मञ्च मधेसकेन्द्रित दल राजपा निकट संगठन हो ।

कान्तिपुर दैनिकले नेकपाको पार्टी कार्यालय समेत सरकारी जग्गामा रहेको समाचार समेत प्रकाशन गरेको थियो ।

आजको कान्तिपुर दैनिक लेख्छ, राजपा अध्यक्षमण्डलका सदस्य एवं सांसद अनिलकुमार झाले पार्टी कार्यालय अस्थायी रूपमा मञ्चको भवनमा सञ्चालन भइरहेको बताए । ‘विभिन्न मधेसवादी दलहरूबीच एकता हुँदा कसैको पनि आफ्नै भवन थिएन । त्यसैले मञ्चले अर्को व्यवस्था नभएसम्म भवन दिएको हो,’ उनले भने, ‘छिट्टै हामी सर्छौं ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org